सहकारी पीडितद्वारा आजपनि माइतीघरमा प्रर्दशन , सरकारले आफ्ना मागको वेवास्ता गरेको गुनासो

 

काठमाडौं । सहकारी पीडितले सरकारले आफ्ना मागको वेवास्ता गरेको गुनासो गरेका छन् ।
काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गर्दै उनीहरुले सरकारले आफूहरुको समस्यालाई तमासाको रुपमा बुझेको भन्दै आक्रोस पोखे ।
पीडित राधा महर्जनले आफूले दुखले कमाएको पैसा पाउनु पर्ने माग सरकारले वेवास्ता गरेको गुनासो गरिन् ।
उनले भनिन् ‘यो तमासा हो । बल भईन्जेल कराउछँ अनि जान्छ भनेर सरकारले सोचेको होला यदि सरकारले यस्तो सोच राखेको छ, भने त्यो सोच हटाईदिए पनि हुन्छ । हामी यहाँ माईतीघरबाट न्यायको लागि लडेका हौं । हामीले दुख गरेर कमाको पैसा पाउँ भनेर हामीले लडेका हौं । सिंहदरबारको, बालुवाटारको जग्गा हामीले मागेको हैन ।’
गृहमन्त्री नारायण काजी श्रेष्ठले समेत आफूहरुलाई बैंकमा नराखेर किन सहकारीमा राखेको भन्दै तुच्छ व्यवहार गरेको उनको आरोप छ ।
उनले भनिन् ‘हाम्रो आदरणीय नारायण काजी श्रेष्ठ ज्यू, अस्ति आउनु भएको थियो। उहाँ अरुको कार्यक्रममा आउनु भएको थियो । हामीले उहाँलाई हात जोडेर हाम्रो लागि पनि केही बोलिदिनुस् न श्रेष्ठ ज्यू भनेर विन्ती गर्दा उहाँले त्यत्रो पैसा किन सहकारीमा राख्या बैकंमा राख्न सक्दैन भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यो पदमा बसेको मान्छेले हामी गरिब जनतालाई त्यस्तो भन्न मिल्छ ?’
त्यस्तै अर्का पीडित सुनिता सिंह राजभण्डारीले आफूहरुले कानूनी राज्यको अनुभव गर्नै नपाएको दुखेसो गरिन् । उनले भनिन् ‘हाम्रो देशमा कानुन नै छैन । जनतालाई कानुन लाग्छ, ठुलाबडालाई कानुन लाग्दैन । पिडितले न्याय पाईरहेको छैन । सरकार हाम्रो लागि मरे सरह छ ।’
सरकारले आफूहरुको गुमेको पैसा फिर्ता हुने ग्यारेन्टि गर्नु पर्ने पीडितको माग छ ।
सहकारी पीडितहरु लामो समयदेखि आन्दोलनमा छन् ।

सेयर गर्नुहोस्