शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छ ः सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल वास्कोटाले शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानु पर्ने बताएका छन् ।
मंगलबार संसदमा बजेटको मन्त्रालयगत विनियोजनमाथिको छलफलमा भाग लिदैं सांसद बास्कोटाले पुराना शहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउन भित्री शहरहरुको बारेमा सोच्न आवश्यक भएको बताए ।
सांसद बास्कोटाले अघिल्लो सरकारले शहरी विकासको सन्दर्भमा सुरु गरेका कार्यक्रमलाई निरन्तरता नदिएको भन्दै संसद भवन बनाउन कति समय लाग्छ भनेर प्रश्न गरे ।

सेयर गर्नुहोस्