युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावलको निधन भएको छ । बिहिबार मुटुमा समस्या भएपछि अस्पताल भर्ना गरिएका रावलको बिहिबार ६१ वर्षको उमेरमा निधन भएको हो । रावलको हृदयघातका कारण निधन भएको अस्पताल स्रोतले बताएको छ ।
नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्योरेन्समा प्रमुख कार्यकारी थिए । रावल हाल भने यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ थिए ।
उनको परिवारमा श्रीमती एक छोरा र छोरी छन् ।