नृत्य एक कला हो, जसले लयबद्ध सङ्गीतको तालमा शरीरको चाललाई अभिनय मार्फत दर्शक सामु प्रस्तुत गर्ने कार्यलाई जनाउँछ । नृत्य व्यक्तिको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने एक दरिलो माध्यम हो । यो नृत्यमा नाटक र अभिनय दुबैको सम्मिश्रण पाइन्छ । त्यसैले सङ्गीत सुर, वाद्यवादनको तालमा श्रृङ्गार सहित शारीरिक हाउभाउद्वारा प्रस्तुत गरिने नृत्य मानव जीवनको एक मनोरञ्जनात्मक पाटो हो । यस्ता कार्यक्रमले बालबालिकाहरुको बौद्धिक विकास र आत्मविश्वासमा धेरै नै सहयोग पु¥याएको पाइन्छ । फलस्वरुप २०८१ पुस ५ गते शुक्रबार युनाइटेड प्रि–स्कुलको प्राङ्गणमा सम्पूर्ण बालबालिका र शिक्षकहरु उपस्थित भई नृत्य प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा प्रि–स्कुल हेड कल्पना बिष्ट ज्यू , युनाइटेड युनिभर्सलका प्रिन्सिपल राकेश श्रेष्ठ ज्यू, युनाइटेड युनिभर्सलका कोर्डिनेटर सुजिना श्रेष्ठ ज्यू, युनाइटेड स्कुलका इ.सि.ए. इन्चार्ज धिरज मल्ल ज्यू र निणार्यक मण्डलतर्फ युनाइटेड युनिभर्सल कक्षा १ देखि ३ सम्मका कोर्डिनेटर चन्दा श्रेष्ठ ज्यू, र युनाइटेड स्कुलका डान्स शिक्षक योगिना गोपाली ज्यू को आशन ग्रहणले कार्यक्रमको अझ शोभा बढेको थियो । सो आशनग्रहण पश्चात् क्रमशः कक्षा प्ले ग्रुप देखि कक्षा एस.के.जी सम्मका केही छनौट भएका बालबालिकाहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गर्नु भएको थियो ।

नृत्य प्रतियोगिता पश्चात् निर्णायक मण्डलहरुका मूल्याङ्कनका आधारमा प्ले ग्रुपबाट प्रथम पुरस्कार ज्यासाङ नेम्वाङ, द्वितीय प्रध्युत विक्रम खड्का र नुवबुङ राई र सान्त्वना अध्या गुप्ताले हात पार्न सफल हुनु भएको थियो । नर्सरीबाट प्रथम पुरस्कार अनमोल आले, द्वितीय आश्रयता थापा र तृतीय लक्ष्मण बजगाइ र सान्त्वना पुरस्कार केब्रिना लामा र आज्ञा महर्जनले प्राप्त गर्नु भएको थियो ।जे.के.जी बाट प्रथम पुरस्कार साङ्शी तामाङ् ,द्वितीय सोफिया शाक्य र तृतीय सक्षम पङ्गेनि र सान्त्वना सान्या सापकोटा र सान्या घिमिरेले प्राप्त गर्नु भएको थियो । यसैगरी भने एस.के.जी बाट प्रथम पुरस्कार रिन्छेन सिङ्गार , द्वितीय सम्प्रिती भण्डारी र तृतीय निस्मा के.सी र सान्त्वना आरोज के.सी र अन्सुया थापाले हात पार्न सफल भएको थियो ।

कार्यक्रम अत्यन्तै रोमाञ्चक, मनोरञ्जनात्मक र उत्साहमूलक भएको थियो ।जहाँ बालबालिकाहरुले विभिन्न किसिमका बालगीत देखि देशभक्ति, आमा र गुरुआमाको माया झल्काउने सङ्गीतमा सुहाउँदो भेषभुषा र शारीरिक हाउभाउ मार्फत प्रस्तुत गरेका थिए ।यस्ता कार्यक्रमले बालबालिकाहरुका अन्तर्निहित प्रतिभालाई बाहिर ल्याई आत्म निर्भरका साथै बौद्धिक क्षमताको विकास र शारीरिक स्फुर्ति बढ्ने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कुरा अवगत गराउँदै प्रि–स्कुल हेड कल्पना बिष्ट ज्यू ले आफ्नो वक्तव्य जाहेर गर्नु भए पश्चात् युनाइटेड युनिभर्सलका प्रिन्सिपल राकेश श्रेष्ठ ज्यूले उपस्थित निणार्यक मण्डलहरुलाई मायाको चिनो वितरण पश्चात् कार्यक्रमको समापन भएको थियो ।

