फागुन २६ र २७ गते राष्ट्रिय रोजगार सम्मेलन, तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौमा आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।
नेपालको रोजगारीको क्षेत्रमा देखा परेको संकुचनको समाधान, वर्षेनीश्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवाप्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यकनीति र कार्यक्रम तर्जुमा गर्न ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१’मार्फत सम्पूर्ण सरोकारवालाहरुवाट उचित पृष्ठ पोषण प्राप्त हुने अपेक्षा मन्त्रालयको रहेको छ ।

यसको साथै, सम्मेलनका सहयोगी संस्थाहरुमा वैदेशिक रोजगार बोर्ड,सामाजिक सुरक्षा कोष, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स संघ, होटल एसोसिएसन नेपाल, नेपाल सुनचाँदी व्यवसायीमहासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स, निर्माण व्यवसायी संघ, नेपाली उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, स्वीस विकास सहयोग÷हेल्भेटास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, गैर आवासीय नेपाली संघ, खाद्य तथा कृषि संगठन, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल, कान्तिपुर मिडिया ग्रुप–मिडिया पार्टनर, अन्तर्राष्ट्रिय श्रम संगठन, खाद्य तथा कृषि संगठन, नेपाली उद्योग परिसंघ, निर्माण व्यवसायी संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नाडा अटोमोवाईल्स एशोसिएशनअफ नेपाल र गैर आवासीय नेपाली संघ रहेका छन् ।

यस्तै, सम्मेलनका सह आयोजकहरु (प्रायोजन सहित)वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोष रहेको छ ।
मुलुकको आन्तरिक रोजगारीमा नेपालीश्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा कूल७,१४,२९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरेतापनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको छ।

सेयर गर्नुहोस्