काठमाडौं । पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन् ।
यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।
यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ ।विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो ।
राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधा नगर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए ।उनले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए ।

