काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने जनाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिए ।
त्यस्तै उनले सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने पनि जानकारी दिए ।
यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत सहरकारी क्षेत्रका समस्याहरू समाधान गरिनेका साथै सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको छ । उनका अनुसार सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी सूचना प्रणालीको स्तरोन्नति गरिने छ ।

