शेयर कारोबार फेरि ४० मिनेटका लागि बन्द

काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो ।
११ बजेर २२ मिनेटमा खुलेको बजारमा नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेट पश्चात पुनः सुचारु हुनेछ।

सेयर गर्नुहोस्