चीनको अटोमोबाइल उद्योग अहिले तीव्र प्रतिस्पर्धाको अवस्थाबाट गुज्रिरहेको छ, जहाँ प्राइस वार, मार्केट शेयरको संघर्ष र प्रविधिमा भएको द्रुत परिवर्तनले गर्दा वातावरणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ। चीनकै ठूलो सरकारी अटोमोबाइल कम्पनीमध्ये एक डोंगफेंग मोटर ग्रुपले दबाबका बाबजुद पनि विश्व बजारमा आफ्नो स्थान बलियो बनाउन ठूला कदम चाल्न थालेको छ।
यो वर्षको पहिलो छ महिनामा डोंगफेंगका आफ्नै ब्रान्डहरूले राम्रो वृद्धि देखाएका छन्। डोंगफेंग प्यासेन्जर भेहिकल कम्पनीले १,०४,७५५ युनिट, लन्टुले ५६,१२० युनिट र मेंग्शीले १,२९१ युनिट बिक्री गरे, जुन गत वर्षको तुलनामा क्रमशः २३, ८४।८ र ३४।६ प्रतिशतले बढेको हो। तर डोंगफेंग निसान, डोंगफेंग होन्डा र डोंगफेंग पिउगट सिट्रेअन जस्ता जोइन्ट भेन्चरहरूको बिक्री भने घटेको छ।
यी चुनौतीहरूलाई सम्बोधन गर्न कम्पनीले ठूलो पुनःसंरचना गरेको छ। फेंगशेंग, इपाई र नानो ब्रान्डलाई एकीकृत गरेर वुहानमा आधारित नयाँ कम्पनी डोंगफेंग इपाई टेक्नोलोजी स्थापना गरिएको छ। फेंगशेनले विदेशका लागि फ्युल(इफिसिएन्ट गाडीमा ध्यान दिनेछ भने इपाईले घरेलु बजारका लागि न्यू इनर्जी भेहिकल ९ल्भ्ख्क० को जिम्मेवारी सम्हाल्नेछ। सन २०२३ मा युवा प्रयोगकर्ताका लागि सुरु गरिएको नानो ब्रान्ड अब इपाईमा समाहित हुनेछ।
डोंगफेंगले सन् २०२८ सम्ममा २० नयाँ मोडल ल्याउने योजना सार्वजनिक गरेको छ जसअनुसार पहिलो मोडल ६ सिटे डोंगफेंग इपाई ण्ण्ड यसै वर्ष अगस्टमा बजारमा आउनेछ। साथै कम्पनीले हुवावेसँगको सहकार्य अझ गहिरो बनाउने घोषणा गरेको छ, विशेषगरी इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिहरूमा। भविष्यका इपाई मोडलहरूमा हुवावेको असिस्टेड ड्राइभिङ प्रणाली प्रयोग गरिनेछ र सन् २०२६ मा उच्चस्तरीय स्मार्ट एसयुभी ल्याउने तयारी गरिएको छ।
यस रूपान्तरणको नेतृत्व गर्ने प्रमुख उत्पादन भनेको डोंगफेंग नानो ण्ट हो, जुन पूर्णतया इलेक्ट्रिक एसयुभी हो। यस मोडलको प्रि–सेल्स २८ अगस्टमा छेङ्दुमा सुरु भएको हो। अन्तर्राष्ट्रिय टिमले डिजाइन गरेको यस गाडीमा भविष्यवादी स्टाइलमा एडभान्स्ड फिचरहरू रहेका छन्। यसको हेडलाइट, फ्लोटिङ रूफ र एयरोडाइनामिक डिजाइनले यसलाई आधुनिक र आकर्षक लुक्स दिन्छ। भित्र फ्लेक्सिबल सिटिङ, प्यानोरामिक स्काइलाइट र ३५ भन्दा बढी स्टोरेज कम्पार्टमेन्ट दिइएको छ जसले यसलाई पारिवारिक यात्रा र व्यावसायिक प्रयोग दुवैका लागि उपयुक्त बनाएको छ।
नानो ण्ट मा एकपटक चार्ज गर्दा ४७१ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसमा फास्ट चार्जिङ सुविधा छ जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र १८ मिनेट लाग्छ। यसमा एआई भ्वाइस कन्ट्रोल, फास्ट प्रोसेसिङका लागि क्वालकम स्न्यापड्रयागन डज्ञछछ चिप र हाइवे ड्राइभिंग असिस्टेन्स सहितको L2+ स्मार्ट ड्राइभिङ प्रणाली समावेश छन्। यसमा स्मार्ट पार्किङ, मेमोरी नेभिगेसन र कठिन मौसममा पनि सुरक्षित रहने गरी बनाइएको बलियो ब्याट्री प्रणाली पनि उपलब्ध छन्।
सुरक्षाका दृष्टिले यसमा स्टील केज संरचना, उच्चस्तरीय ब्याट्री सुरक्षा र अत्याधुनिक ड्राइभर असिस्टेन्स सुविधा राखिएको छ। यसको मूल्य ७९,९०० युआन ९करिब १४ लाख ६० हजार नेपाली रुपैयाँ० राखिएको छ। बजार प्रतिक्रिया पनि सकारात्मक देखिएको छ, किनभने बिक्री सुरु भएको पहिलो महिनामै १२,००० भन्दा बढी अर्डरहरू प्राप्त भइसकेका छन्।