करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।

नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।

नगरपालिकाको वडा नं। १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं। ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं। ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं। ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नं। ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् । यस्तै वडा नं। १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नं। ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं। ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं। ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं। ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नं। १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं। १ का धर्मजीत थापाले जानकारी दिए । घरआँगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउने गरेको उनले बताए । गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं। १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं। २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।

सेयर गर्नुहोस्
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमनसम्बन्धी कानुन र त्यसअन्तर्गत बनेका प्रत्यायोजित विधायनको समीक्षा गर्ने भएको छ । समितिको आज बस्ने ३११ औं बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत जारी गरिएका प्रत्यायोजित विधायनबारे तयार पारिएको अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । अध्यागमन प्रणाली, कानुनी स्पष्टता र कार्यान्वयनको अवस्थाबारे समितिले गहिरो समीक्षा गर्ने अपेक्षा गरिएको छ । समितिको बैठक बुधबार बिहान ११ः१५ बजे संघीय संसद सचिवालयस्थित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल (काठ घर नं. ४) मा बस्नेछ । छलफलमा संविधान सभा सदस्य खिमलाल देवकोटालाई आमन्त्रित गरिएको छ । समितिले अध्ययन प्रतिवेदनका निष्कर्षका आधारमा आवश्यक सुधारका विषयमा सुझाव तयार गर्ने बताइएको छ ।