सुनचाँदीको मूल्य मंगलबार पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्