काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् । ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।
