बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी लिए ।

उनले चोरीको मोटरसाईकल नियन्त्रणको लागि ट्राफिक प्रहरी सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिएको पनि जानकारी दिए ।

‘चोरीको मोटरसाइकल नियन्त्रणका लागि ट्राफिक प्रहरी, सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न, ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्न चेन्जिङ पावर, एकीकृत वसपार्क प्रणाली, विभिन्न स्थानमा पार्किङ गरेर अस्तव्यस्त सडक बनाउने प्रक्रियालाई अन्त्य गर्दै लामो र मझौला दुरीका सवारी साधनहरू बसपार्कबाट मात्रै छुट्ने व्यवस्था व्यवहारमा ल्याइएको छ,’ उनले भने ।

उनले भदै २३/२४ गतेको आन्दोलन पश्चात खरानीको रूपमा रहेको ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरी थप शसक्त बनाउँदै कारबाही प्रक्रियालाई पनि अझ बलियो बनाउँदै अगाडि बढेको बताए ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक नरेश राज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको जानकारी दिए । काठमाडौंमा ५० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गरिरहेकोमा दैनिक १८ लाखभन्दा बढी सवारी साधन सञ्चालन हुने तथ्याङ्क रहेको बताए ।

उनका अनुसार ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने काम भइरहेको छ । साथै ट्राफिक ट्रायलको नियमित अनुगमन गरी गल्ती भेटिए कानुनी कारबाहीसमेत गरिने उनले बताए ।

सुवेदीले विभिन्न सरकारी निकायबाट थप सवारी साधन प्राप्त भएपछि हाल ट्राफिक प्रहरीसँग १२४ वटा सवारी साधन सञ्चालनमा रहेको जानकारी दिए।अनलाइन प्रविधिबाट पनि सुरक्षा व्यवस्थापन ल्याएको उनले जनकारी दिए ।

सेयर गर्नुहोस्