असार २५, काठमाडौं । बिगत साढे ३ बर्षदेखि काठमाडौं महानगरबासीले पानी पर्दा हिलो र नपर्दा धुलोको मार खेप्दै आएका छन् ।
काठमाडौं महानगरमा स्थानीय चुनावबाट चुनिएर आएका जनप्रतिनिधीको हातमा महानगरको जिम्मेवारी गएपछि शहर झन झन कुरुप बन्दै गएको हो ।
देशको राजधानी । संसारमा केहि देशहरु जति गरिब भएपनि राजधानी भने व्यबस्थित हुन्छ । तर, नेपालमा भने ठिक उल्टो छ । उपत्यका बाहिरका शहर राम्रा छन् । देशकै राजधानी सबैभन्दा कुरुप छ । झन काठमाडौं महानगरको अबस्था त चौपट बिजोग अबस्थामा छ ।
सडकहरु सबै भत्किएका छन् । जताततै खाल्डाखुल्डीका कारण हिलो छ । पानी नपर्दा धुलोको सास्ती उस्तै छ । धेरै स्थानमा सडक भत्किएका छन् । कालोपत्रे भत्किएर अधिकांश स्थानहरु बिजोग अबस्थामा छन् ।
प्रसूति गृह थापाथली अगाडीको सडक अहिले बिजोग अबस्थामा छ । सडकमा खेतको झैं हिलो छ । नर्भिक अस्पतालको अगाडी बिजोग छ ।
ललितपुरको ज्वागलबाट शंखमुलतर्फ जाने करिडोर सडकको पनि हालत उस्तै छ । महाराजगञ्जबाट बुढानीलकण्ठ जाने सडकको पनि अवस्था खराब छ । बिजुलीको तार बिछ्याउन खनिएको सडक करिब एक वर्षदेखि मर्मत गरिएको छैन । वर्षायाममा यो सडकखण्डमा गुड्ने सवारी र हिंड्ने यात्रुलाई सकस छ । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्ड सबैभन्दा खराब हालतमा छ ।
मैतिदेवीको माथिल्लो भाग हिलाम्मे छ । अनामनगरदेखि खोलाको किनारै किनार सडकहरु सबै भत्किएका छन् । बानेश्वरदेखि थापागाउँका सडकका बिच बिचमा खनेर खाल्डा पारिएको छ । शंखमुलदेखि कोटेश्वरसम्मका सडक पनि भत्किएका छन् । चीनले बनाइदिएको कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ सडकमा ट्राफिक अबस्था भद्रगोल छ । अरु देशले सडक बनाएपनि त्यो सडकलाई अन्तराष्ट्रिय तरिकाले महानगरले संचालन गर्न सकेको छैन । बिजुलीका पोलहरु भद्रगोल छन् ।
महानगरको नयाँ जनप्रतिनिधी आएपछि जनताले झन दुख पाएको स्थानीयको गुनासो छ । चौतर्फी बिरोध र आवाज उठेपनि महानगरका मेयरले कहिल्यै जनगुनासो सुनेनन् भने उनि निर्बाचित भएपछि अहिलेसम्म कुनै काम हुन सकेको छैन । महानगरबासीले कहिलेसम्म हिलो र धुलो खाइरहने हो, यसै भन्न सकिने अबस्था छैन । किनकी अझै स्थानीय निकायको चुनाव आउन डेढ बर्ष बाँकी छ ।
महानगरका सबै स्थानमा कहिं न कहिं खाल्डा र सडक भत्किएका अबस्थामा छन् । यो बिषयमा जवाफ माग्दा महानगरले बिद्युत प्राधिकरण र टेलिकमलाई दोष दिन्छ । तर, बिद्युत र टेलिकमका अधिकारीहरु भने महानगरले आँफु काम नगरेर अरुलाई दोष थोपरेको आरोप लगाउँछन् । खासगरि, महानगरका मेयर र वडा अध्यक्षहरुले काम नगरि गैरजिम्मेवार बन्दा यो परिणाम भोग्नु परेको महानगरबासीको गुनासो छ । पहिला महानगर अलि ब्यबस्थित थियो, तर अहिले पछिल्लो साढे तिन बर्षदेखि भ्रष्टाचार र अनियमीततामा महानगरका जनप्रतिनिधीहरु चुर्लुम्म डुबेपछि बिकासको काम शुन्यमा झरेको छ । जनप्रतिनिधीहरु नै खराब परेपछि ठेकेदारहरुले पनि काम गर्न छोडिदिएका छन् ।
सडक बिभागले ८ मिटर माथि चौडाई भएका सडक मात्र हेर्छ । अन्य सबै सडकको निर्माणको जिम्मा महानगरको हो । बिश्वका सबे देशका महानगरहरुले आँफै सडक बनाउँछन् । तर, काठमाडौं महानगरका मेयर र अन्य जनप्रतिनिधी भने अरु निकायलाई दोष दिएर अनियमितता गर्दे पन्छिरहेका छन् । महानगरको नयाँ जनप्रतिनिधी आएपछि जनताले झन दुख पाएको स्थानीयको गुनासो छ । चौतर्फी बिरोध र आवाज उठेपनि महानगरका मेयरले कहिल्यै जनगुनासो सुनेनन् भने उनि निर्बाचित भएपछि अहिलेसम्म कुनै काम हुन सकेको छैन । महानगरबासीले कहिलेसम्म हिलो र धुलो खाइरहने हो, यसै भन्न सकिने अबस्था छैन । किनकी अझै स्थानीय निकायको चुनाव आउन डेढ बर्ष बाँकी छ । अब नयाँ आउने जनप्रतिनिधीले महानगरलाई सुधार गर्लान् कि ।
अर्को कुरा काठमाडौं महानगर भित्र कालोपत्रे भएका सडकमा पनि धुलो उड्छ । वरपरको माटो सडकमा आउने र सडकमा सवारीका कारण धुलो उड्ने गरेको छ । केहि स्थानमा भएका कालोपत्रेमा पनि धुलो उडेर बिजोग भोग्नु परेको अबस्था छ । कालोपत्रे सडकमा पनि धुलो उडेर वाताबरण कुरुप भएको बिश्वकै कुनै देशको राजधानी छ भने त्यो हो नेपालको काठमाडौं ।


