सभापति देउवाद्धारा तोकिएकै मितिमा महाधिबेशन गर्न निर्देशन

साउन ८, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन गर्न पार्टी संगठनका सबै बिभागलाई निर्देशन दिएका छन् । ।

आज शुक्रबार विहान आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफलमा देउवाले भदौ १६ मा कुनै हालतमा महाधिवेशन हुने गरी काम थाल्न निर्देशन दिएका हुन् ।

तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने काँग्रेसको तयारी छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको देखिन्छ ।

क्रियाशील सदस्यता विवाद समयमा नटुंगिँदै पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिनेछ ।

काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो । उक्त कार्यकालका करिब प्रभावित हुने पुगेको छ ।

क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पुर्याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव छैन।

आजको बैठकमा बल्ल क्रियाशील छानविन समिति संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रतिवेदन पेस गरेका थिए ।

भोलिसम्म क्रियाशील सदस्यताको प्रतिवेदन देउवालाई बुझाउने तयारी छ । आजको बैठकले स्थानीय तहको कार्यतालिका संशोधनबारे निर्णय लिन नसकेपछि भोलि ९ बजे फेरि बैठक बस्ने छ ।

देउवाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना र अनशन गरिरहकोहरुको माग आजै सम्बोधन गर्न निर्देशन दिएका छन् ।
देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसमहामन्त्री डा रामशरण महतलाई जिम्मेवारी दिएका हुन् ।
उनीहरुले आजै सानेपामा अनशन र धर्ना गरिरहेका नेता कार्यकतासँग छलफल गर्ने बुझिएको छ । देउवाको निर्देशनपछि सम्भवत आजै नै धर्ना र अनशन टुंग्याउने तयारी छ ।

 

 

 

सेयर गर्नुहोस्