काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्य सूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताए ।
यस्तै, उनले संसदले सँधै सरकारले जे जे भन्छ त्यही अनुसार गर्ने हो की वा जनताका प्रतिनिधिले बनाएको विषय वस्तु सरकारले पनि पालना गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।
