विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ,कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
उनले भने, ‘इजरायल र हमासबीच जुनयुद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे । दुई समूहबीच सम्झौता भयो । युद्ध बिराम भयो ।कयौं देशका मान्छेहरुह मासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन् । यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन् ?उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ । यसले सरकारको जिम्मेवारी पूरा हुदैँन् । रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँ सम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ ।’

सेयर गर्नुहोस्