काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत गठन चाँडै हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा भएको छलफलमा उनले उक्त अदालत गठन भएसँगै नेपाली बजारलाई नियन्त्रित गर्ने,कालोबजारीलाई नियन्त्रण गर्ने जस्ता कुरामा महत्वपूर्ण भूमिका हुने बताए ।
साथै उनले मूल्य वृद्धि गरेर आलोचनाको भारी बोक्ने इच्छा मन्त्रालयको नभएको हुँदा जानीजानी मूल्यवृद्धि नगरिएको स्पष्ट पारे ।
एक सय भन्दा बढी मुल्य नबढाउनेगरी सहमति स्मरण गर्दै उनले सस्तो लोकप्रियताको लागि मन्त्रीलाई देखाइदिने काम भएको उनले बताए ।
