बीमा प्राधिकरणको निर्देशकमा ४ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल बीमा प्राधिरण पदपूर्ति सिफारिस समितिले ४ जनालाई निर्देशक पदमा बढुवाका लागि सिफारिस गरेको छ । फागुन २ गते पदपूर्ति सिफारिस समितिले ४ जना उपनिर्देशकलाई निर्देशक पदमा बढुवाका लागि सिफारिस गरेको हो । उपनिर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी सिफारिसमा परेका छन् । पदपूर्ति सिफारिस समितिले कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम मापदण्ड मानेर सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सेयर गर्नुहोस्