अर्थमन्त्री पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।
पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । अहिले अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

सेयर गर्नुहोस्