कांग्रेस मुख्य सचेतक घिमिरेले संसदबाटै मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्ति प्रतिसदन बाटै माफि मागेका छन् ।
गत आइतबार देशको विकास र पर्यटकहरुको वृद्धिका लागि यौन व्यवसायलाई कानुनी रुपमा मान्यता दिनुपर्ने बताएका थिए । यस प्रति धेरै टिका टिप्पणी भएपछि बुधबार बसेको प्रतनिधि सभाको बैठकबाटै उनले माफि मागेका हुन् ।
उनले भने, ‘यहीचैत्र ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष रुपमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारीक धारणा पनि होईन । यस विचारले संसदका सदस्यहरु रजन समुदायमा समेत नकारात्मक प्रभाव परेको परेको उहाँहरुसँग क्षमा याचना चाहन्छु ।’
घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणा मात्र भएको पनि प्रष्ट पारे ।

सेयर गर्नुहोस्