काठमाडौं । नेकपामा ओवादी केन्द्रले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन् ।
मंगलबार २५ करोड सहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
