काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलहरुले आफ्नो ताण्डव प्रस्तुत गर्ने ठाँउ बनाईरहेको बताएकी छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक पश्चात उनले विश्व विद्यालयलाई दलहरुले आफ्नो स्वार्थको लागि प्रयोग गरेको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताईन् ।
दलहरुले आफू सभापति, महामन्त्री बन्न विद्यार्थीहरुलाई सिडिको रुपमा प्रयोग मात्र गरिरहेको भन्दै यस्तो तरिकाले विश्वविद्यालय र विद्यालय क्षेत्र कहिले पनि अगाडि बढ्न नसक्ने पनि उनको भनाई छ ।
यसको साथै, उनले सदनमा घृणाको राजनीति नगरौं भनेर भन्ने दलहरुले नै विद्यार्थीहरुलाई एक अर्कालाई कुटभनेर आदेश दिने गरेको भन्दै योभन्दा बढि घृणाको काम अरु केही हुन नसक्ने बताईन् ।
