हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सको आग्रह

काठमाडौं । हिजो (चैत्र १५ गते) काठमाडौंमा राजावादीहरूको आन्दोलनमा भएको हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन मानव अधिकार एलाइन्सले आग्रह गरेको छ ।
प्रेस विज्ञप्ती जारी गर्दै मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले हिजो राजावादीहरूको अमानवीय र मानवता विरोधी गतिविधिहरू अत्यन्त निन्दनीय र खेदजनक कार्य भएको भन्दै हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘मानव अधिकार एलाइन्स नेपाल सरकार समक्ष हिंसात्मक र विध्वंशात्मक गतिविधिमा संलग्न पक्षहरूलाई कानुनको दायरामा ल्याउन, घाइतेहरूको शीघ्र उपचार गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गर्दछ ।’
यस्तै उनले गतिविधिहरूले मानव अधिकारका आधारभूत सिद्धान्तहरू तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सिद्धान्त र मर्मको ठाडो उल्लंघन गरेको बताए ।

सेयर गर्नुहोस्