पोखरा । फागु पूर्णिमाका दिन पोखराको लेकसाइड स्थित फेवातालको किनारमा रहेको फुटट्रयाकमा भएको झडपमा संलग्न रहेको आरोपमा वडा प्रहरी कार्यालय बैदामाले चार जनालाई पक्राउ गरेको छ ।
झडपका क्रममा एक युवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका वडानम्बर १५ का चार जना युवालाइ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्ने युवाहरुमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोहीठाउँका २१ वर्षीय ईरान भन्ने प्रितम गुरुङ र २० वर्षीय महेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा खुकुरी प्रहार गरी भागेका चितवन स्थायी घर भई हालपोखरा १५ बस्ने १९ वर्षीय अरबिन परियारलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट पाँचदिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
