विनाशकारी भूकम्पको पीडा बिर्सँदै, पूरानै असुरक्षित घरमा बस्दै

रामेछाप । रामेछापमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारण ५२ हजार भन्दा बढी नीजि भवनमा क्षति पुग्यो । भूकम्पबाट २९ जना बढीको ज्यान गयो ।
विनाशकारी भूकम्प गएको १० वर्ष भयो । २०७२ बैशाख १२ र २९ गते भएको भूकम्पले रामेछापले निक्कै क्षति व्यहोर्यो । त्यस यता पनि सानातिना भूकम्प गइरहेका छन् । तर धनजनको क्षति हुनेगरी भूकम्प गएको छैन् ।
समय बित्दै जाँदा मानिसहरूले भूकम्पको पीडा र त्रास पनि बिर्सँदै गएका छन् । कुनै बेला आफ्नै घरभित्र पस्न नसकेर खुल्ला चौर र बारीमा रात काटेका स्थानीय अहिले त्यो सबै कुरा बिर्सँदै छन् । यतिसम्मकी भूकम्पले थिल थिलो बनाएका घर जहाँ २०७२ साल भरि पस्न समेत डराउने स्थानीय अहिले तिनै चर्किएका घरमा ढुक्कले बस्न लागेका छन् ।
त्यसो त भूकम्पले क्षति पु¥याएका भवन भत्काएर नयाँ आवास बनाउनको लागि सरकाले अनुदान सहयोग नगरेको पनि होइन । अनि नयाँ सुरक्षित आवास नबनेका पनि होइनन् । तर खै किनहो अहिले पनि मानिसहरूको मन भने नयाँ सुरक्षित घरमा होइन, भूकम्पले क्षति पु¥याएका पुरानै घरमा रमाइरहेको छ ।
सरकारले भूकम्पले नीजि आवासमा क्षति पुगेपछि नयाँ आवास निर्माणको लागि प्रति घरधुरी ३ लाख रुपैँया अनुदान दिएको थियो । यसरी अनुदान लिएर जिल्लामा ५० हजार भन्दा बढी घर बनेका छन् । एकै परिवारका तीन÷चार जना सम्मले अनुदान लिएर घर बनाएका छन् । तर ती घर अहिले प्रयोग विहीन जस्ता भएका छन् ।


काठमाडौं लगायतका बाहिर बस्नेहरूले पनि सरकारले अनुदान दिएको भन्दै धमाधम घर बनाए । तर ती घर बनाएदेखि बन्दछन्, ढोका समेत खुलेका छैनन् । मानव विहीन घरका करेसा र झ्याल–ढोका सम्म झार उम्रिएका छन् ।
सुरक्षितआवास जम्मादुई वातीन कोठाकाहुने, व्यवहार चलाउन साँघुरो हुने भएको कारण पुराना घर छाड्न नसकेको पुरानै घरमा बस्दै आएकाहरु बताउँछन् ।
नेपाल भूकम्पको हिसाबले अति जोखिम क्षेत्रमा पर्दछ । नेपालमा कुनै पनि बेलाठुलो भूकम्प आउन सक्छ । त्यस्तो बेला यस्ता असुरक्षित घर भत्किएर पुनःठुलो जन धानको क्षति हुने निश्चित छ ।

सेयर गर्नुहोस्