काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू परम्परागत शैलीमै निर्माण गरिएको बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्रीपाण्डेले सम्पदा भनेको सभ्यताको पहिचान भएको बताएका हुन् ।
मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताए । उनले भुकम्पका कारण थुप्रै सम्पदाहरु ढलेको भन्दैअहिले ती सम्पदाहरु उठ्ने क्रममा रहेको बताए ।
मन्त्री पाण्डेले काठमाडौं भित्रका थुप्रै हनुमान ढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दिर लगायतका सम्पदाहरुको संग्रह र व्यवस्थित गर्नुपर्ने औंल्याए ।
