काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदान प्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्ष गाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए।
