काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् ।
आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग सभापति गैरेले उनले ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जवाफ दिएको भएतापनि अझै मन्त्रालयले दुईसय दिन थपेर यसलाई पूरा गर्नेतर्फ जान खोजेको बताए । तीन सिफ्टमा काम नगरेसम्म दुईसय दिन थपेर पनि काम पूरा हुने नदेखिएको उनको भनाई छ ।
त्यस्तै, उनले म्याद थप अघिदिन दिनै पूरा गर्ने कामको क्यालेण्डरको चार्ट सहित तयार पार्न समितिमा आएर छलफल गर्नका लागि मन्त्रालयलाई निर्देशन समेत दिए ।
