स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले योजनाहरुको छनोट र योजनाहरुको प्राथमिकीकरणमा असाध्यै धेरै भद्रगोल भएकाले बजेट ठोस र परिणाममूखी ढंगबाट आउनुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ ।उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।
एमालेले राजनीतिक स्थायित्व खल्बल्याउन खोज्ने पक्ष कमजोर भएको निष्कर्ष पनि निकालेको छ ।साथै, आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सबै ऊर्जा लगाउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

सेयर गर्नुहोस्