काठमाडौं । लेखा समितिले अबको अर्को बैठकबाट भैरहवा विमानस्थलको अध्ययनको लागि उपसमिति बनाउने भएको छ ।
सोमबार बसेको सार्वजनिक लेखा समितिको बैंठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
यस्तै,बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले उपसमितिले उठाएको आठ अर्बको सम्भावित भ्रष्टाचारबारे निष्कर्षमा पुग्नुपर्ने माग गरेका थिए ।
उनले प्रतिवेदन अध्ययन गर्नुको सट्टा उल्टो भ्रष्टाचारीको पक्षपोषण गर्ने र चौध अर्बको ठेक्कालाई २२ अर्ब पुर्याइएको आरोप लगाए ।
त्यस्तै एमालका सांसद गोकुल बास्कोटाले लेखा समितिको बैठक बैठक जस्तो नभएको बताए ।
राजेन्द्र लिङ्देन नेतृत्वको ‘पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमिति’ले वैशाख १५ गते लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता देखिएको निष्कर्ष निकालेको छ ।
