बजेट प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्न सकिन्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बजेट प्राथमिकताको आधारमा खर्च गर्नुपर्ने बताए ।
बिहीबार बजेटको पूर्वतयारी छलफलमा बोल्दै उनले बजेटलाई प्राथमिकताका साथ खर्च गर्दा परिणाममुखी काम गर्नसक्ने बताएका हुन् ।
उनले सरकारको पहिलो काम विनियोजन खर्चलाई पूनःसंरचना गरी परिणाममुखी बनाउनुपर्ने बताए ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अर्थतन्त्रको पुनसंरचना गरी उत्पादन मूलक अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए ।
‘हाम्रो अर्थतन्त्रको पुनसंरचना गर्नुपर्छ । हामीले उत्पादन मूलक अर्थतन्त्र बनाउने गरी आफ्नो नीति तथा कार्यक्रम बनायौ भने मात्र हामी अगाडी बढ्नुपर्छ । हामी नीतिगत रुपमा प्रष्ट हुन आवश्यक छ । हामीले चालु खर्च पनि घटाउनपर्छ त्यो नगरे अहिलेको अर्थतन्त्रले हाम्रो संरचनालाई धान्दैन ।’

सेयर गर्नुहोस्