कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुई जना घाइते

मुगु । कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तिला गाउँपालिका–१ गाडगुडेनीमा क १ज३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा चालक २० वर्षीय दिनेश नेपाली र हिमागाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । भ्यान सडक देखि दुई सय मिटर तल नदीमा खसेको छ ।

सेयर गर्नुहोस्