हेटौंडा । मकवानपुरका राजावादीहरूले हेटौंडा–४ स्थित ऐतिहासिक वीरेन्द्र बाटिका क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतातथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो ।साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक विवेक सिंह ठकुरीले वीरेन्द्र बाटिकास्तो ऐतिहासिक स्थलको संरक्षणर स्वच्छताका लागि यस्तो पहल आवश्यक भएको बताए। कार्यक्रममा सहभागीहरूले वीरेन्द्र बाटिका वरिपरिका फोहोर व्यवस्थापन, झारपात सफा गर्ने तथा जनचेतना मूलक सन्देश फैलाउने कार्य गरेका थिए।
राजसंस्थाप्रति आस्था वान युवाहरुले स्वस्फूर्त रुपमा गरेको यो अभियानले राष्ट्रियता, स्वच्छता र सामाजिक उत्तर दायित्वको सन्देश दिएको आयोजकको भनाइ छ।

