एमालेले टुंगो लगायो वागमती प्रदेश सरकार पठाउने मन्त्रीहरुको नाम

हेटौंडा । नेकपा एमालेले वागमती प्रदेश सरकारमा पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लागेको हो ।
एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जस मध्ये एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।
दोहोरिनेमा स्वास्थ्य मन्त्री किरण थापा मगर छन् । उनी सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।
एमालेले श्रम, रोजगार तथा यातायातमन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा.दिनेश चन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

सेयर गर्नुहोस्