रबि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् ।लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी हुन् ।
निकिता पौडेलले गृहमन्त्री लेखकमाथि न्यायाधीशलाई डराउने नियतका साथ उजुरीहरू मिडिया र अन्य माध्यमबाट फैलाउने प्रयास गरिएको पनि दाबी गरेकी छन् ।
त्यसैगरी, रविलामिछाने विरुद्धका सबै मुद्दा लेखक गृहमन्त्रीभएपछिमात्रउठाइएकाहुन् भन्दै उनले यो घटनाक्रमलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिएकी छन् । अदालतमा बहसको क्रममा सरकारी वकिलहरू जवाफ दिन नसक्ने तर फैसला भने रवि लामिछानेविरुद्ध आउने आरोप पनि उनले लगाएकी छन् ।

सेयर गर्नुहोस्