स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोो छ । लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्