मौसम सम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा मौसम र बाढी सँग सम्बन्धित भ्रामक र अपुष्ट सूचनाहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनाहरूले सर्वसाधारणमा अन्यौल सिर्जना गर्नुका साथै जनगुनासोहरू समेत बढेको जानकारी दिएको छ। विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्वसूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेकोे छ ।

सेयर गर्नुहोस्