काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटकदशै–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ ।
आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन् ।
उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्नपहल गरेको समेत बताए।
उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए ।
यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दैै यसमा गम्भीर हुन आग्रह गरे ।
