खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट देशभर चाडपर्व लक्षित सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।
खाद्य कम्पनीले १५३ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले देशका ४२ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
