गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् ।
बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् ।
यस्तै, उनले कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा सबै एकै आवाजमा प्रतिबद्ध हुनु आवश्यक रहेको भन्दै मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व भएको बताए ।
साथै, जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु¥याउदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको भन्दै सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार रहेको पनि उनको भनाई छ ।

सेयर गर्नुहोस्