लस एन्जलसमा आप्रवासी छापामारी पछि विरोध चर्कियो, ट्रम्पको निर्णयको आलोचना

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै गरिएको सरकारी छापामारी पछि स्थानीय प्रदर्शन चर्किएको छ।संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग९क्ष्ऋभ्० को कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ।
प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ। अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ।
लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो ।ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनःस्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन् । तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले संघीय सैनिक हटाउन माग गरेका छन् ।उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन् ।
शुक्रबारदेखि सुरु भएको प्रदर्शन शनिबार र आइतबार हिंसात्मक बन्दै गएको छ।दर्जनौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरी अधिकारी समेत घाइते भएका छन् ।
यता, लस एन्जलसमा रहेको एक आप्रवासी हिरासतकेन्द्र नजिकै राष्ट्रियगार्डका सैनिकहरूको बाक्लो उपस्थितिदेखिएको छ।हालसम्म२९ जनाप्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ।
स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएको जनाइएको छ। तर, मानव अधिकारवादी समूहहरू र स्थानिय समुदायले संघीय कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन् ।

सेयर गर्नुहोस्