गाजातर्फ गइरहेको सहायता डुंगा इजरायली सेनाले रोक्यो

काठमाडौं । इजरायली सेनाले गाजाजाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ ।जलवायु अभियन्ता ग्रेटा थुनबर्ग सहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ। इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजा माथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ।
उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो ।दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ।हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन् ।
तर, इजरायली विदेश मन्त्रालयले यो यात्रालाई प्रचार बाजीको प्रयासको रूपमा चित्रण गरेको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्रालयले लेखेको छ, ‘सेलिब्रिटीहरूको सेल्फीयाट सुरक्षित रूपमा इजरायलीतट तर्फ आइरहेको छ ।’
मन्त्रालयले थप जनाएको छ कि यात्रुरुहरू आफ्ना देश फर्किनेछन् र जहाजमा रहेको सहायता सामग्रीलाई गाजामा स्थापित माध्यमबाट पठाइनेछ । पछि इजरायली सेनाले सुन्तला रङको लाइफ ज्याकेट लगाएका कार्यकर्ताहरूलाई स्यान्डविच र पानी वितरण गरिरहेको भिडियो समेत सार्वजनिक गरेको छ।

सेयर गर्नुहोस्