सर्वोत्कृष्ट मेनपावरको के छ आगामी योजना?

 

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को सबैभन्दा उत्कृष्ट मेनपावर हो नीलकमल ह्युमन रिसोर्स प्रा.लि.। गत आ.व. मा सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएकोले नीलकमल ह्युमन रिसोर्स उत्कृष्ट भएको हो ।यस कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८,६७३ जना नेपाली कामदारहरूलाई विदेश पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।नीलकमल ह्युमन रिसोर्सले विगत वर्षहरूमा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएको थियो । नीलकमल ह्युमन रिसोर्स १७ औं वर्ष पार गरिसकेको छ ।
सर्वोत्कृष्ट मेनपावरका अध्यक्ष मेघनाथ भुर्तेलले मध्यपूर्वको यात्रा सफल भएको वताएका छन् । मध्यपूर्वको रोजगारीलाई थप व्यवस्थित गर्न अहम भूमिका निर्वाह गर्ने उनले बताए । विपदमा परेका कामदारहरुलाई यथाशिघ्र उद्धार गरिने कार्यमा आफू अहोरात्र लागि परेको उनी बताउछन् । त्यसैको फलस्वरुप कामदारहरुको विस्वास प्राप्त गरेको र धेरै कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएको उनको भनाई छ ।
सेवा शुल्क स्पष्ट व्यवस्था, र समयानुकुल समायोजन, नयाँ डिष्टिनेसनको खोजी, मागपत्र प्रमाणीकरणको झन्झट अन्त्य, वैदेशिक रोजगार ऐनको सुधार र घरेलु कामदारका लागि श्रम स्वीकृति खुला गर्नुपर्ने लगायतका सवालहरुमा सुधार गर्नु आवश्यक रहेकोले त्यसका लागि आवाश्यक पहल कदमी गर्ने प्रतिबद्धता उनले जनाए । उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव समेत हुन् ।
अध्यक्ष मेघनाथ भुर्तेलले नीलकमल ह्युमन रिसोर्स मध्यपूर्वमा सफल भएकोले अब युरोप लगायतका मुलुकहरुमा पनि कार्य गर्न सक्छ भन्ने प्रमाणित भएको उनको भनाइ छ । सरकारले मागपत्र प्रमाणीकरण सहज गरे युरोप लगायतका नयाँ गन्तव्यमा पनि कामदार पठाउने योजना रहेको उनले बताएका छन् । त्यसका साथै उनले कम्पनी सामाजिक सेवामा समेत सशक्त ढंगले क्रियाशील रहने बताए । शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय योगदान गर्ने उनको लक्ष्य रहेको छ । अध्यक्ष भुर्तेलले वैदेशिक रोजगारीमा जाँदा ज्यान गुमाएका कामदारका छोराछोरीलाई १२ कक्षा सम्मको छात्रवृत्ति समेत उपलब्ध गराएका छन् ।
नीलकमल ह्युमन रिसोर्स प्रा.लि. नीलकमल ग्रुप अन्तर्गत संचालन हुदै आएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको कम्पनीको शाखा कार्यालयहरू झापा, बर्दिबास, चितवन, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन् । यिनीहरूमा गरी २७० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

सेयर गर्नुहोस्