काठमाडौँ । नीलकमल ह्युमन रिसोर्स प्रा.लि. गत असोज महिनाको उत्कृष्ठ म्यानपावर कम्पनी भएको छ । असोज महिनामा म्यानपावर कम्पनीहरूमध्ये सबै भन्दा धेरै श्रमिकलाई बैदेशिक रोजगारीमा पठाएर सर्वाधिक श्रमिक पठाउने शीर्ष पहिलो कम्पनीको भएको हो । नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले असोज महिनामा मात्र ५८२ श्रमिकलाई बैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो स्थानमा एशिया लिंक सर्भिस प्रा.लि. रहेको छ । एशिया लिंक सर्भिस प्रा.लि.ले असोज महिनामा मात्र ४४९ श्रमिकलाई बैदेशिक रोजगारीमा पठाएर शीर्ष दोश्रो स्थानमा रहेको छ । शीर्ष तेश्रो स्थानमा इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. रहेको छ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि ले असोज महिनामा मात्र ३३२ श्रमिकलाई बैदेशिक रोजगारीमा पठाएर शीर्ष तेश्रो स्थान प्राप्त गरेको हो । चौथो र पाँचौँ स्थानमा क्रमशः प्याराडाइज इन्टरनेशनल प्रा.लि. र सान नेपाल प्रा.लि. छन् । प्याराडाइज इन्टरनेशनल प्रा.लि ले २७४ जना र सान नेपाल प्रा.लि.ले २५६ जना श्रमिकलाई बैदेशिक रोजगारीमा पठाएका छन् ।
शीर्ष २० म्यानपावर कम्पनीहरू
१. नीलकमल एच.आर. प्रा.लि. (५८२)
२. एशिया लिंक सर्भिस प्रा.लि. (४४९)
३. इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (३३२)
४. प्याराडाइज इन्टरनेशनल प्रा.लि. (२७४)
५. सान नेपाल प्रा.लि. (२५६)
६. अल स्किल्स इन्टरनेशनल एच.आर. (२४४)
७. एस.ओ.एस. म्यानपावर सर्भिस प्रा.लि. (२३२)
८. मोभिरा एच.आर. सर्भिस प्रा.लि. (१९८)
९. भूमिपुत्र म्प्लोइमेन्ट सर्भिस प्रा.लि. (१८९)
१०. स्यारोन म्यानपावर सर्भिस प्रा.लि. (१८६)
११. साउण्डलाइन रिक्रुटमेन्ट सर्भिस. प्रा.लि. (१८१)
१२. मोन्टेज ओभरसिज प्रा.लि. (१७९)
१३. सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा.लि. (१६३)
१४. कन्फिडेन्ट इन्टरनेशनल म्यानपावर प्रा.लि. (१५५)
१५. आयुष ओभरसिज प्रा.लि. (१५०)
१६. थ्री ब्रदर्स एच.आर. प्रा.लि. (१४७)
१७. द रिभर ओभरसिज प्रा.लि. (१४३)
१८. गल्फ म्यानपावर सर्भिसेस प्रा.लि. (१४२)
१९. भिजन एण्ड भ्याल्यु ओभरसिज प्रा.लि. (१३९)
२०. लिङ्क इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि. (१३७)



