काठमाडौँ । प्याराडाइज इन्टरनेसनल प्रालिले रजत महोत्सव मनाएको छ । प्याराडाइज इन्टरनेसनल प्रालिले स्थापनाको २५ औ वर्ष पूरा गरेको अवसरमा आइतबार राजधानीको हायात सेन्ट्रिकमा रजत महोत्सव मनाएको हो ।ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेसनल प्रालि अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आइएसओ प्राप्त वैदेशिक रोजगार क्षेत्रको अग्रणी कम्पनी हो । उक्त कम्पनीले साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन, मलेसिया, लिबिया, जोर्डन, जापान लगायतका देशहरूमा लाखौ कामदार वैदेशिक रोजगारीमा पठाइसकेको छ । प्याराडाइज इन्टरनेसनको योगदानबाट करोडौ रकम रेमिटान्स देसमा भित्रिइसकेको छ । उक्त कम्पनीमा हाल १ सय २० भन्दा बढी कर्मचारी कार्यरत छन् ।
रजतमहोत्सवका अवसरमा अध्यक्ष नवराज केसीले २५ औ वषर््ासम्मको सफलताको श्रेय वैदेशिक रोजगारमा जाने कामदार, निरन्तर योगदान गर्ने कर्मचारी र शुभेच्छुकहरुलाई जाने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति, प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतका उच्च राजनीतिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, मेनपावर व्यवसायका अग्रणी व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।


