काठमाडौं। गतभदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो ।
कम्पनीका महाप्रबन्धक सावन्त जंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए ।
सोमबार टाटाको थापाथली शोरुमलाई पुन सञ्चालन गर्ने क्रममा उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेको बताए ।
यस्तै, उनले आजैबाट सबै ग्राहक सेवाहरु प्नि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । भदौ २३ र २४ गते भएको घटनाले कुनै पनि प्रकारको मनोबल नघटेको उनको भनाई छ ।


