मेनपावर व्यवसायीको पीडा कसले हेर्ने ?

काठमाडौँ । वैदेशिक रोजगारको सिलसिलामा श्रमिक र रोजगारदाताको बीचमा कन्ट्रयाक्टरको रुपमा वैदेशिक रोजगार व्यवसायीहरुले कार्य गरिरहेका हुन्छन् । रोजगारदाताहरू र श्रमिकको बीचमा समन्वय गराउने, रोजगार दिलाउने कार्य आफैमा चुनौतिपूर्ण कार्य हो । वैदेशिक रोजगार व्यवसायी मार्फत रोजगारीमा गएका कामदारहरूमा परेको पीर, मार्का, लेनदेन व्यवहार लगायतका सम्बन्धमा परेका उजुरी तथा गुनासाहरु सुन्ने, कारबाही गर्ने र राहत दिलाउने कार्य वैदेशिक रोजगार विभागले गर्दै आएकोे । व्यवसायीहरूको नाममा कतिपय गैर व्यवसायीहरु र एजेन्टहरुले पनि श्रमिकहरुलाई रोजगार लगाइदिन्छु भनी रकम ठगी गर्नेे गरेको गुनासो र उजुरी वैदेशिक रोजगार विभागमा आएको पाइन्छ ।
तर रोजगार व्यवसायीलाई पनि कसैले ठगी गरेको पाइएको छ । रोजगार व्यवसायीहरु कसरी ठगिएका छन् ? कसरी मार्कामा परेका छन् ? त्यसको लेखाजोखा न सरकार सँग छ ? न कुनै संस्थासँग । विदेसमा रहेका एजेन्टहरुले रोजगार व्यवसायीलाई डिमाण्ड ल्याइदिन्छु भनी ढाँटी, छली, प्रलोभनमा पारी एडभान्स स्वरुप मोटो रकम असुल गर्ने गरेको पाइएको छ । त्यसप्रति सरकार र विदेश स्थित दुतावास बेखबर छन् ।

काठमाडौँमा रहेका विभिन्न मेनपावरहरुलाई दुवाई, साउदी अरब, कतार लगायतका खाँडी मुलुकहरूबाट डिमाण्ड ल्याइदिन्छु भनी एजेन्टहरुले रकम ठगी गर्ने गरेको पाइएको छ । यसरी ठगी गर्ने कार्यमा नेपाली नागरिकहरू सक्रिय रहेको पाइएको छ । साउदी अरबको शारजहाँमा नक्कली कम्पनी खडा गरी नेपालका मेनपावर कम्पनीहरुलाई ठगी गर्ने कार्यमा अर्घाखाची जिल्ला स्थायी ठेगाना भएका अमर कुँवर सक्रिय रहेको एक मेनपावर व्यवसायीले बताए । कुबरले आफन्तका नाममा कम्पनी खडा गरी ती कम्पनी मार्फत डिमाण्ड ल्याइदिन्छु भनी ठगी गर्ने गरेको बताइएको छ । कुँवरले ट्रान्सफर सेक्युरिटी, ब्लु जेट सेक्युरिटी, ताज फोर्स कन्सल्टेन्सी, गोल्डेन क्राउन मेनपावर सर्भिसेस नामका संस्थाहरु मार्फत ठगी कार्य गर्दै आएको एक पीडितले बताए ।
मेनपावर व्यवसायी माथि नै ठगी गर्ने कार्य निन्दनीय भएकोले नेपाल सरकार मार्फत ठगी गर्ने उपर कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य तथा ने क पा (माओवादी केन्द) वैदेशिक रोजगार शाखा इन्चार्ज कृष्ण ढकालले बताए ।

 

सेयर गर्नुहोस्