काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो ।
कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए ।
उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरे ।
कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् ।

