मेनपावर व्यवसायी अधिकारीले पाए अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

काठमाडौँ । मेनपावर व्यवसायी इम्पावर ग्रुपका सञ्चालक अध्यक्ष केदारनाथ अधिकारीले अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । व्यवसायी अधिकारीले २० वर्षभन्दा बढी समय वैदेशिक रोजगार क्षेत्रमा योगदान गरेबापत उक्त उपाधि पाएका हुन् । हालै भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा अमेरिकाको अभोनले विश्वविद्यालयले उनको योगदानको कदर गर्दै मानार्थ उपाधि प्रदान गरेको हो ।
इम्पावर ग्रुप अन्तर्गत इन्टेरियर कन्स्टक्सन, इम्पावर टाभल एण्ड टुर्स, इम्पावर हन्टर एच. आर. सोलुसन, इम्पावर एच. आर. सोलुसन लगायतका कम्पनीहरु सञ्चालित छन् । मेनपावर व्यवसायी अधिकारी इम्पावर ग्रुपकै सञ्चालक अध्यक्ष हुन् । उनले गत आ.व. २०८१।०८२ मा मात्र ४२०० भन्दा बढी कामदारहरू वैदेशिक रोजगारीमा पठाएका छन् । त्यस्तै उनले गतवर्ष पनि ३००० भन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका थिए । इम्पावर हन्टर एचआर सोलुसन प्रालीले युएई, साउदी, कतार, मलेसिया ओमान लगायतका मुलुकहरूमा कामदारहरू पठाउँदै आएको छ । इम्पावर हन्टर प्रा.लि क्वालिटी र क्वान्टिटीका हिसाबले अब्बल मेनपावरका रुपमा परिचित छ र कामदारहरूको रोजाइमा पर्न सफल भएको छ ।
काठमाडौँको सिनामङ्गलमा केन्द्रीय कार्यालय रहेको इम्पावर हन्टर एच. आर. सोलुसन प्रा.लि.का बुटवल, पोखरा, चितवन र झापामा शाखा कार्यालयहरू छन् । उमेरले भर्खरै चौथो दशकमा पाइला टेकेका युवा व्यवसायी केदारनाथ अधिकारी जुझारु र लगनशील व्यवसायी हुन् । उनी कहिले बुटल त कहिले पोखरा, कहिले चितवन र झापा ओहो ओहोरदोहोर गरिरहेका हुन्छन् । विज्ञापन र प्रचारको आडम्बरप्रति टाढा रहन रुचाउने शान्त स्वभावका केदारनाथ अधिकारी अमेरिकी विश्वविद्यालयबाट मानार्थ विद्या प्राप्त गर्ने पहिलो नेपाली मेनपावर व्यवसायी हुन् ।

मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित हुन पाउँदा खुसी लागेको र वैदेशिक रोजगारको क्षेत्रमा योगदान गर्न थप हौसला मिलेको उनले बताए । उपाधिबाट सम्मानित हुदा गौरवान्ति महसुस भएको भाव व्यक्त गर्दै उनले भने वैदेशिक रोजगारमा जाने कामदारहरु नै प्रेरणा र उपाधिको प्रेरक हुन्, धन्यवादका पात्र हुन् । उनले आफुलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित गर्ने अमेरिकाको अभोनले विश्वविद्यालयल र प्रो. डा.कपिल देवलाई पनि धन्यवाद दिएका छन् । आगामी यात्रका सम्बन्धी जिज्ञासामा उनले कामदारहरूको सुरक्षा, संरक्षण र स्थायित्वको लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाएका छन् ।

 

 

सेयर गर्नुहोस्